बिहिबार , बैसाख ११, २०८२

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले हालै सम्पन्न निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उक्त खर्चको विवरण आज निर्वाचन आयोगमा पेश गरेको उनले बताए । चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ । त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग ३३ लाख हुन गएको छ ’, विज्ञप्तिमा उल्लेख छ । निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जम्मा गरिने मिश्रले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP