आइतबार , भाद्र १४, २०८३

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगुका संक्रमित फेला परेको बताइएको छ ।

डेंगुको संक्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको बताइएको छ । काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन-तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई÷दुई र धादिङका एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP