आइतबार , जेठ १२, २०८२

बुटवल । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन । सोमबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्दी जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्ष निर्वाचित भएका हुुन । गौतमले ३४९ मत ल्याए भने, श्रेष्ठले २९४ मत ल्याए।

त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् । बाबुराम गौतमको ३८२ मत ल्याए भने, उनका निकटम प्रतिद्धन्द्धी भीमलाल न्यौपानले २४६ मत मात्र ल्याए ।प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी ३४३ मत सहित विजयी भएका छन् । भण्डारीका प्रतिद्ध्रन्द्धी मोहनलाल पाण्डेले २९० मत मात्र ल्याए । त्यस्तै द्धियीय उपाध्यक्षमा रोमकान्त पाण्डे विजयी ३३६ मत सहित विजयी भए । उनका प्रतिद्धन्द्धी चिरञ्जीवी पोखरेलले २८३ मत ल्याए ।

महासचिवमा माधव कुमार खनाल ३९७ मत ल्याएर विजयी भए । खनालका प्रतिद्धन्द्धी प्रेमप्रसाद बञ्जाडेले २३५ मत मात्र ल्याए । सचिवमा अर्जुन थापा निर्विरोध भएका छन । कोषाध्यक्षमा टंक प्रसाद पराजुली ३३२ मत सहित विजयी भए । त्यस्तैगरी सहकोषाध्यक्ष खिमराज पोखरेल निर्विरोध भएका थिए ।

सदस्यहरुमा अर्जुन पोखरेल ३८०, थम्मन भण्डारी ३६०, उमेश सापकोटा ३५९, तुलसीराम पराजुली ३३३, माधव ढकाल ३३३, टंकप्रसाद पोखरेल ३२५, रामबहादुर न्यौपाने ३२१, कृष्ण प्रसाद पाण्डे ३०८, डिल्लीराज अर्याल ३०२, केशवराज कंडेल २९८, खुमराज ज्ञवाली २९३ मत सहित विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP