शुक्रबार , जेठ २४, २०८२

बामाको । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतंककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतंककारी विरुद्धको कारबाहीमा उनीहरूमा मारिएका हुन् ।

सो कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतंककारीहरूले निर्माण गरेका कैयौं आश्रयस्थल पनि ध्वस्त बनाइ दिएको छ । उनीहरूले प्रयोग गर्ने शक्तिशाली हतियारहरूका साथै उनीहरूका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सो बलले गएका केही महिनादेखि यहाँका आतंककारीहरूका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतंकवादी अभियान नाम दिइएको सो अभियानमा यहाँको सेनाले अरु कैयौँ आतंककारीहरूलाई पक्राउ पनि गरेको छ ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । याहँ विभिन्न समूहले आतंककारी क्रियाकलापहरूलाई निरन्तरता दिँदै आएका छन् । यो अफ्रिकी देशमा अतिवादीहरूले जारी राखेको आतंकमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन् । राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP