आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् ।
नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए ।

भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमारुपमा निर्वाह गरेको भन्दै उनले प्रशंसा समेत गरे । मुलुकको शान्ति सुरक्षा तथा सुव्यावस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP