बिहिबार , बैसाख ११, २०८२

दार्चुला । दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा आज (आइतबार तनाव भएको छ । भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा हानेका छन् । भारतीयले हानेको ढुंगा लागेर चार नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो ।

महाकालीको धार परिवर्तन हुने गरी बनाउन थालिएको तटबन्धको काम नरोकिएपछि अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् । नेपाली पक्षबाट पनि पारिपट्टि ढुंगा प्रहार गरिएको छ ।

आइतबार करिब ४ बजेतिर घटना भएको र केही व्यक्ति घाइते भएको खबर पाएपछि टोली त्यता पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । ‘केही व्यक्ति घाइते भएपछि पुल बन्द गरिएको खबर आएको छ, वास्तविकता बुझ्न टोली खटिएको छ,’ उनले भने ।

महाकाली नदीमाथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ । भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीब्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP