मंगलबार , बैसाख २९, २०८३

रोल्पा । रोल्पा सदरमुकाम लिबाङ नजिकै भैंसीकुटीमा शनिबार बिहान भएको सडक दुर्घटनामा एकदद्ध जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब साढे सात बजेतिर रोल्पा नगरपालिका–५ भैंसीकुटीस्थित भित्री सडक खण्डमा लु १ च ५४६४ नम्बरको जीप सडकभन्दा करिब २ सय मिटरमुनि माडी खोलामा खसेको हो । उक्त जीप रोल्पाको बाझबाङबाट प्युठानको किमिचौर बजारतर्फ स्थानीय उत्पादन सामग्री लैजान र आवश्यक सामान बजारबाट लिन जाने क्रममा थियो ।

जीप अनियन्त्रित भएर खोलामा खस्दा जीपका मालिक समेत रहेका चालक रोल्पा नगरपालिका–५ बाझबाङका ३६ वर्षीय निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो । उनीसँगै सवार उनका छोरा ११ वर्षीय प्रताप कवर घाइते भएका हुन् ।
उनको शरीर, टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । घाइतेलाई उपचारको लागि प्यूठानतर्फ पठाइएको छ ।

जीप पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने शवको पोस्टमार्टम गर्न अस्पतालमा लैजान परिवारले तयारी थालेको प्रहरीले जनाएको छ । स्थानीयले मृतक कवरलाई युवा धामीका रूपमा चिन्थे । सल्लिबोटस्थित शिक्षक भूपबहादुर केसीले कवर समाजमा सकारात्मक कार्यका लागि अग्रसर हुनेमध्येका रहेको बताए । घटनास्थलमा जिल्ल प्रहरी र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट प्रहरी टोली खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP