मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले गुल्मी डहरे खाेलामा दुई महिना भित्र पुलकाे शिलान्यास गर्ने बताएका छन् । बुटवलमा पत्रकार सम्मेलनमा बाेल्दै भण्डारीले डहरे खाेलामा पुल नहुुँदा गुल्मीवासीहरूले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेकाे भन्दै अब दुई महिना भित्रै पुल निर्माणका लागि शिलान्यासकाे तयारी गरेकाे बताए । उनले अब गुल्मीवासी बिकासमा पछाडि पर्ने अबस्थाकाे अन्त्य हुने दावि गरे ।

यस्तै फरक प्रसंगमा बाेल्दै कांग्रेसका प्रभावशाली नेता भण्डारीले मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जाेड दिए ।विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको बताउँदै उनले परिवर्तनको खाँचो रहेको बताएका हुन् । प्रेस यूनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पुराना तथा पाका नेताहरुले अब विश्राम लिनुपर्ने बेला भएको स्पष्ट पारे ।

देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा जानु पर्ने बताए । उमेरले नभई सोच र इच्छाशक्तिले युवाको निर्धारण गर्ने बताउँदै उनले आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि किन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । दलका नेताहरु सरकार गठन र प्रधानमन्त्री को भन्ने विषयमा केन्द्रित भएको बेलामा अब बन्ने प्रधानमन्त्रीले के–के गर्न सक्ने भन्ने विषय महत्वपूर्ण रहेको भण्डारीले बताए ।

वर्तमान समयमा दलहरुले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा विभिन्न अडकलवाजीहरु चले पनि सबैसँग छलफल गरेर निश्कर्षमा जानुपर्ने उनले बताए । ‘नेतृत्वले माओवादी नेता प्रचण्डा, समाजवादी नेता माधवकुमार नेपालसँग मात्र होइन अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुपर्छ ।’–नेता भण्डारीले भने अब हामी फरक ढँगले अघि बढ्नुपर्ने आवश्यक छ । भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ती मन्त्री बन्ने सोंच बनाउनु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP