मंगलबार , बैसाख २९, २०८३

धनुषा । धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका– ४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

मृतककी श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, माइलो छोरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भइरहेको छ । घाइतेमध्ये सन्तोष यादवको अवस्था चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घाइते अशोक यादवका अनुसार बिहीबार राति ८ बजेको समयमा खाना खाएर घरको बरन्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०–१२ जनाको समूहमा घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए । प्रभु यादवको घटनास्थलमै मृत्यु भएको छोरा सुरजले बताएका छन् ।

मृतक प्रभु र स्थानीय सुरजको खेत सँगै जोडिएको छ । सो खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरूको विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए । प्रहरीले घटनामा आरोपितमध्ये ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP