बिहिबार , बैसाख ११, २०८२

धनुषा । धनुषामा जग्गा विवादलाई लिएर दुई छिमेकीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मिथिला बिहारी नगरपालिका– ४ बस्ने अन्दाजी ५३ वर्षीय प्रभु यादव रहेका छन् ।

मृतककी श्रीमती महाजनी यादव, जेठो छोरा जगरनाथ यादव, माइलो छोरा सन्तोष यादव र कान्छा छोरा अकोश यादव घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार जनकपुरको प्रदेशिक अस्पतालमा भइरहेको छ । घाइतेमध्ये सन्तोष यादवको अवस्था चिन्ताजनक रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

घाइते अशोक यादवका अनुसार बिहीबार राति ८ बजेको समयमा खाना खाएर घरको बरन्डामा आगो तापिरहेको वेला स्थानीय सुरज यादवले १०–१२ जनाको समूहमा घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए । प्रभु यादवको घटनास्थलमै मृत्यु भएको छोरा सुरजले बताएका छन् ।

मृतक प्रभु र स्थानीय सुरजको खेत सँगै जोडिएको छ । सो खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरूको विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताए । प्रहरीले घटनामा आरोपितमध्ये ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP