बिहिबार , बैसाख ११, २०८२

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २,७३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भोजराजले १५ हजार १६१ मत प्राप्त गरेका छन् भने मोहनले १२ हजार ४३१ मत ल्याएका छन् ।

अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुन् भने, रेग्मी पूर्व प्रदेशसभा सदस्य हुन् । अर्याल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए । मोहन यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनकै एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले पनि यहाँ उम्मेदवारी दिएका थिए । पार्टीको निर्देशनमा उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए ।

स्याङ्जा २ को मतगणना बुधबार रातिदेखि भएको थियो । कांग्रेसले मृत्यु भएका र विदेश गएका व्यक्तिको नाममा मतदान गरेको आरोप लगाउँदै एमालेलगायतका दलले पुनः मतदानको माग राखेपछि १० दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार दिउँसो मतगणना गर्न निर्देशन दिएपछि रातिदेखि मतगणना सुरू गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP