आइतबार , भाद्र १४, २०८३

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद अर्याललाई २,७३० मतले पराजित गर्दै अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । भोजराजले १५ हजार १६१ मत प्राप्त गरेका छन् भने मोहनले १२ हजार ४३१ मत ल्याएका छन् ।

अर्याल वालिङ नगरपालिकाका पूर्व मेयर हुन् भने, रेग्मी पूर्व प्रदेशसभा सदस्य हुन् । अर्याल वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका थिए । मोहन यसअघिको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनकै एकीकृत समाजवादीका रामचन्द्र भट्टराईले पनि यहाँ उम्मेदवारी दिएका थिए । पार्टीको निर्देशनमा उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए ।

स्याङ्जा २ को मतगणना बुधबार रातिदेखि भएको थियो । कांग्रेसले मृत्यु भएका र विदेश गएका व्यक्तिको नाममा मतदान गरेको आरोप लगाउँदै एमालेलगायतका दलले पुनः मतदानको माग राखेपछि १० दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगले बुधबार दिउँसो मतगणना गर्न निर्देशन दिएपछि रातिदेखि मतगणना सुरू गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP