मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।

बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई शुरुआती अग्रता दिलाएका थिए । यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे । खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाए ।

काइ हार्भट्जले खेलको ७३ औं मिनेटमा गोल गर्दै जर्मनीलाई २–२ को बराबरीमा ल्याए । खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४–२ को जित दिलाए । जित निकाले पनि जर्मनी समूह ‘ई’ मा तेस्रो स्थानमा स्थानमा रहेर प्रतियोगिताबाट बाहिरियो । जर्मनी यसअघि सन् २०१८ को विश्वकपमा पनि समूह चरणबाट बाहिरियो । जितसँगै जर्मनीले ३ खेलमा ४ अंक जोड्यो । यसै समूहबाट ४ अंक जोडेर स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP