शनिबार , असार १३, २०८३

काठमाडौं । नेपालमा ११ महिनामा झण्डै साढे पाँच लाख विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

यद्यपि, यो संख्या हवाईमार्ग हुँदै आउने पर्यटकहरूको मात्र हो । यता स्थलमार्ग (सडक मार्ग) हुँदै आउने पर्यटकको संख्या यसको तीन गुणा बढी हुने गरेको बोर्डको भनाइ छ । कोभिड–१९ को प्रभावका कारण सन् २०२० र २१ मा पर्यटक आगमन खासै हुन सकेको थिएन । कोभिड–१९ को प्रभाव कम भएसँगै सन् २०२२ मा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको बोर्डले जनाएको छ ।

उसो त सन् २०२२ को नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ । जुन सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बोर्डको भनाइ छ । सन् २०१९ मा जम्मा १ लाख ३० हजार ३०२ जना मात्र विदेशी पर्यटक नेपाल आएका थिए ।

नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका छन् । नोभेम्बरमा सार्कबाट २४ हजार ५९९ पर्यटक आउँदा युरोपबाट १७ हजार २२९ पर्यटक भित्रिएका हुन् । पर्यटन बोर्डका अनुसार हवाइमार्गबाट ओसियना देशबाट ३ हजार ६७७, अमेरिकाबाट ९ हजार १५ जना नेपाल भित्रिएका छन् ।

नोभेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक नै रहेका छन् । भारतीय २० हजार ५३२ आउँदा अर्को छिमेकीबाट भने १ हजार ३८ मात्रै भित्रिएका छन् । बंगलादेशबाट २ हजार २१८ पर्यटक, बेलायतबाट ५ हजार १६५ र अमेरिकाबाट ७ हजार ८३१ पर्यटक आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP