मंगलबार , बैसाख २९, २०८३

मोरङ । मोरङ क्षेत्र–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन् । आफ्नै निवासमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित आवश्यकता अनुसार अन्य दललाई गठबन्धनमा ल्याएर कांग्रेसले सरकार बनाउने बताए ।

उनले सरकारको नेतृत्वको विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायतका साथीहरुसँग छलफल गर्ने बताए ।

‘कसैले प्रधानमन्त्री बन्ने चाहना राखेर मात्रै हुँदैन त्यसका लागि नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ उनले भने, ‘संसदीय दलको नेतामा जसले नम्बर पु¥याउँछ उसैले सरकारको नेतृत्व गर्छ र त्यसका लागि काठमाडौं जाँदैछु, साथीहरुसँग कुरा गर्छु ।’ अहिले निर्वाचित कांग्रेसका सांसदहरुमा सभापति देउवा पक्षकै बढी रहेको तर यस विषयमा सभापतिसँग कुरा गर्ने उनले बताएका छन् । उनले प्रधानमन्त्रीका लागि अहिलेसम्म आफूले कुनै तयारी गरिनसकेको बताएका छन् ।

‘सुशासन बिना अब देश चल्न सक्दैन त्यसैले देशमा सुशासन दिनु अति आवश्यक र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौं भने देश आर्थिक रुपमा धाराशायी हुन्छ,’ कोइरालाले भने, ‘जनताको चाहना अनुसार काम नभएको अवस्थामा हामीले सदन र सदन बाहिर दुवै ठाउँबाट आवाज उठाउँछु ।’ त्यसका लागि सरकारको नेतृत्व पुस्तान्तरण गर्न नम्बर गेम आवश्यक रहेकाले साथीहरुसँग छलफल गरिरहेको उनले सुनाए । धर्म संस्कृतिको संरक्षण गर्न सके मात्र देश र समाज सभ्य हुने र देश उभो लाग्ने उनको भनाइ थियो ।

कोइरालाले विराटनगरलाई मुलुकको राजनीतिक राजधानीको साख फर्काउने विश्वास व्यक्त गरेका छन् । उनले यसका लागि पत्रकार लगायत राजनीतिक पक्षको सहयोग आवश्यक रहेको बताए । ‘विराटनगरको राजनीतिक राजधानीको साख फर्काउन प्रधानमन्त्री बन्नै पर्छ भन्ने कुरो होइन तर प्रधानमन्त्री बन्दिन भन्ने पनि होइन, यो बेग्लै कुरा हो,’ उनले भने, ‘यसका लागि हामी काठमाडौंबाट प्रयास गर्छु तर विराटनगरवासीका साथै यहाँका पत्रकारहरुको पनि भूमिका आवश्यक छ ।’

यो निर्वाचनबाट उदय भएका पार्टीहरुको विचार नै स्पष्ट नभएकाले त्यो स्पष्ट भएपछि मात्रै नयाँ पार्टीहरुको बारेमा भन्न सकिने कोइरालाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP