मंगलबार , बैसाख २९, २०८३

बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगर भित्र मातहतका स्वास्थ्य सस्थाहरुले सेवा प्रवाह गर्दा बृद्धअबस्थाका, असहाय तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्न आग्रह गरेका छन्।
बुटवल उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिमको शुभकामना गर्दै प्रमुख पाण्डेयले बुटवल भित्र कुन क्षेत्रमा कुन समस्याका बिरामीहरू छन् त्यसको सम्पूर्ण विवरण आउने गरी काम गर्न स्वास्थ्यकर्मीहरुलाइ आग्रह गरे। यही विवरणका आधारमा उपमहानगरले आवश्यक कार्यक्रम एव बजेट विनियोजन गरिने बताए। उनले ६५ वर्ष कटेका बृद्धबृद्धालाई मासिक रुपमा घरमा पुगेरै सेवा दिने गरी सेवा दिने योजना रहेकोले सोही अनुसार कामहरू गर्नको लागि आग्रह गरे।
उपप्रमुख साबित्रादेबी अर्यालले जनताको नजिक रहेर काम गर्ने व्यक्तिहरूलाई यो तालिम आवश्यक रहेको बताउँदै जनताका कामहरू गर्दा हेलचेक्राई नगर्न आग्रह गरिन। उनले स्वास्थ्यकर्मीले दिने सेवाले जिउधनकै सवालमा कुरा हुने भएकोले ध्यान दिन आग्रह गरिन।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलका कुन क्षेत्रका व्यक्तिमा कस्ता समस्या छन् भन्ने कुराको सही प्रविष्टि गरिदिन आग्रह गरे। उनले परिवर्तन भएको प्रणालीमा सबै डाटा राखेर सही सूचना उपलब्ध गराउन आग्रह गरे।
कार्यक्रममा बोल्दै जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा गलत तथ्याङ्क हुँदा समस्या हुँदा यो तालिम सुरु गरिएको बताए। उनले परिवर्तित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको बारेमा रिपोर्टिङ टुल्सको क्षमता अभिवृद्धि तालिम दिइएको बताए।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल, उपमहानगर नर्सिङ निरीक्षक प्रज्ञा भट्टराईलगायतले प्रशिक्षण दिनेछन्।तालिमको सहजकर्ता शङ्कर अधिकारी रहेका छन्।
तालिममा शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, सामाजिक संयोजक प्रदीप कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ।
तालिममा बुटवल उपमहानगरपालिका भित्रका सबै स्वास्थ्य सस्थाहरु(स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र)का ३० जना कर्मचारीलाई तालिम प्रदान गरिएको हो। स्वास्थ्य सस्थाहरुमा ८० जना कर्मचारी रहेका छन् । बिहीबारदेखि सुरु भएको तालिम मंसिर १७ गते सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP