आइतबार , बैसाख १४, २०८२

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड एक लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ । पछिल्लो तथ्याङ्कअनुसार नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिकमा २७ लाख २२ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २५ लाख ८६ हजार मत पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७५ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै २ लाख ९० हजार मत कटाएको नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्ड कटाउन संघर्षरत छ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातामध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP