शुक्रबार , जेठ २४, २०८२

लन्डन । बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल (डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।

४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।

लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो । त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP