मंगलबार , अषोज २७, २०८३

लन्डन । बेलायती राजकुमार ह्यारीकी पत्नी मेघन मर्केल (डचेस अफ ससेक्स) ले ‘घृणित’ खतराहरूको सामना गर्नुपरेको बेलायतका सबैभन्दा वरिष्ठ पुलिस अधिकारीले बताएका छन् । काउन्टर टेररिज्मको प्रमुखको हैसियतमा उनले मेघन मार्कल र उनका पति प्रिन्स ह्यारी विरुद्ध अति दक्षिणपन्थी चरमपन्थीहरूको धम्कीको सामना गर्नुपरेको नील बसुले बताए ।

४ न्युज समाचारसँगको एक अन्तर्वार्ता उनले सो भनाई राखेका हुन् । उनको भनाई राजकुमार ह्यारीले आफूलाई सुरक्षा खतरा रहेको भन्ने यसअघि गरेको दाबीसँग मेल खान्छ । मिश्रित जाति पूर्व टेलिभिजन अभिनेता मेघनले सन् २०१८ मा राजा चार्ल्स तृतीयको कान्छो छोरासँग विवाह गरेकी थिइन् । उनीहरूले सन् २०२० मा शाही जीवन त्यागेर अमेरिका गएका थिए ।

लन्डनको मेट्रोपोलिटन पुलिस सेवाबाट ३० वर्षपछि राजीनामा दिँदै गरेका ५४ वर्षीय बासुलाई मेघनको जीवनमा साँचो खतरा छ कि भनेर सोधिएको थियो । त्यसको जबाफमा उनले ‘बिल्कुल’ भन्दै धम्कीहरूलाई ‘घृणित र धेरै वास्तविक’ भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP