मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकीलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र प्रदेश– १ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको आंकलन छ । शुक्रबार सुदूरपश्चिम र कर्णालीलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो समय तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP