मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि ढुङ्गामुढा भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो । उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि नगर प्रहरी प्रमुख राजु पाण्डे, नगर प्रहरी जवान शर्मिला बोगटीलगायत १८ जनालाई आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP