आइतबार , भाद्र १४, २०८३

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवार झण्डै दुई दर्जन रहेको पाइएको छ । प्रदेशभरिबाट १९० उम्मेदवारमध्ये २२ जनाले १०० भोट पनि नकटाउँदा जमानत समेत जफत भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपाका) धेरैजसो उम्मेदवारले १०० भोट नकटाएका हुन् । प्रतिनिधिसभातर्फ ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन् ।

सुर्खेत १ मा नेमकिपाका प्रेमकुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगोल नेसनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर (कुखुराको भाले) ले २९ मत प्राप्त गरेका छन् । सुर्खेत २ मा प्रतिनिधिसभातर्फ नेश्नलिष्ट पिपुल्स पार्टी (लाटोकोसेरो) का कुमारी राईले ५० मत, दैलेख १ मा उम्मेदवारी दिएका कांग्रेस बीपीका भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे ।

कालिकोटबाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार स्वतन्त्र उम्मेदवार (सूर्यमुखी) धनप्रसाद पाण्डेले ८२ मत, मुगुमा स्वतन्त्र उम्मेदवार दिएका (जोडी चप्पल) उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र स्वतन्त्र (पुतली) उम्मेदवार भीमचन्द्र हमालले ३८ मत पाएका छन् । डोल्पामा स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकाय (खरायो) ले जम्मा १० तथा नेकपा मार्क्सवादी (पुष्पलाल) पार्टीका हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरेका छन् ।

यस्तै ११६ प्रदेश सभा सदस्य पदका उम्मेदवारमध्ये १२ जनाले १०० मत पनि कटाउन सकेका छैनन् । सुर्खेत १ (क) बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका गंगे कामीले ४९ मत, राप्रपा नेपालका लालबहादुर गुरुङले ४७ र नेमकिपाका पुष्पराज रानाले २३ मत पाए । सुर्खेतकै १ (ख) मा नेमकिपाका मनकली रामजालीले ६३, स्वतन्त्र उम्मेदवार (जेब्रा) देवबहादुर चन्दले नौ मत पाए ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यस्तै हुम्ला (ख) मा राप्रपाका नैनबहादुर रावतले ९८ तथा जनता समाजवादी पार्टी नेपालका बलीराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावतले पनि २१ मत पाए । १०० भोट नपाउनेको सूचीमा मुगु (ख) मा स्वतन्त्र उम्मेदवार जग बहादुर धामी पनि छन् ।

उनले १५ मत पाएका छन् । सुर्खेत २ (क) मा राप्रपा नेपालका मानबहादुर गाइन र नेपाल लोकतन्त्र पार्टीका पूर्णबहादुर सुनारको पनि १०० मत कटाउन सकेकन् । उनीहरूले २२ मत प्राप्त गरे भने २(ख) मा नेमकिपाका गगन कामीले ९४ वटा मात्रै भोट पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP