सोमबार , अषोज २६, २०८३

काठमाडौँ। नेकपा केपी शर्मा ओली खेमाकी नेता कोमल वलीप्रति ‘लैङ्गिक हिंसाजन्य’ टिप्पणी गरेको आरोप लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमाका नेता रघुजी पन्तले आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको बताएका छन्।

शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पन्तले ‘पोइला जान पाम् भन्ने गीत गाएर, सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि’ उनलाई ओलीले सांसद बनाएको भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको व्यापक विरोध भएपछि पन्तले आइतबार भने, ‘मेरो आशय कोमल वलीजीको भावनामा चोट पुर्‍याउने होइन। मेरो अभिव्यक्तिले कोमल वलीजीलाई चोट परेकोमा म दुःखी छु। तर विषयलाई बंग्याएर विवादमा तान्नु उचित होइन। म महिला समानताको पक्षमा उभिदै आएको नेता हुँ। महिलाप्रति मेरो सम्मान छ।’

पन्तले भने, ‘मैले सन्दर्भवश उहाँको गीतलाई जोड्न खोजेको थिएँ। शब्दहरू यताउता पर्दा मेरो अभिव्यक्तिले उहाँप्रति चोट पुग्न गएको छ भने त्यसप्रति म ज्यादै दुखित छु।’ पन्तले आफ्नो यौनिकतामाथि सार्वजनिकरुपमा टिप्पणी गरेपछि वलीले भनेकी थिइन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ। पन्तजीलाई मेरो प्रश्नः तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईँको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

पन्तले भने आफूलाई निच जस्ता शब्द प्रयोग गर्दै वली सार्वजनिकरुपमा उत्रिएकोमा पनि आपत्ति जनाएका छन्। वलीले आफूविरुद्ध अदालत जाने तयारी गरेको प्रसंगमा पन्तले भने, ‘म फेरि पनि दोहोर्‍याउँछु। मेरो अभिव्यक्तिका कारण कोमल वलीजको भावनामा चोट पुगेकोमा म दुखी छु। तर मेरो आशय उहाँलाई चोट पुर्‍याउने होइन। परेको खण्डमा अदालतको सामना गर्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP