आइतबार , भाद्र १४, २०८३

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । निर्वाचन अयोगले बुधबार बिहान सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले २६ लाख ९४ हजार १२४ मतसहित शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, नेपाली कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित दोस्रो स्थानमा रहेको छ भने ११ लाख ४३ लाख ५०३ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ ।

समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ । हालसम्म गणना भएको ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एकीकृत समाजवादीले २ लाख ८१ हजार ३८१ मत पाएको छ ।

आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो भने अहिलेसम्मको आकलन अनुसार ३ लाख मत बदर भएका छन् । यस आधारमा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ । थ्रेस होल्ड कटाउन कूल सदर मतको तीन प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP