मंगलबार , बैसाख २९, २०८३

१७ फागुन, पोखरा । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।

पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका सहइञ्चार्ज किरण गुरुङले जानकारी दिए ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिपि|mङ गर्ने छ । पोखरा रंगशाला निरीक्षणको तयारी मिलाइएको परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्वीमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमनत्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनु हुनेछ ।’

ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो ।

प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओराल्दै छ । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।

पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने छन् । त्यसबाहेक जिल्ला समन्वय समितिका पदाधिकारी, पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र पार्टीको महानगर, नगर र गाउँ कमिटी अध्यक्ष र सचिव प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP