शनिबार , भाद्र १३, २०८३

दोहा । इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इङल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

अहमेद बिन अली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । त्यस्तै फिल फोडेनको एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ल्यान्डलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा फोडेनले गोल गर्दै इङ्ल्यान्डलाई २–० को अग्रता दिलाए ।

खेलको ६८ औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङल्यान्डलाई ३–० को जित दिलाए । जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्यो । इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । यता वेल्स १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरियो ।

इङल्याण्डसँग पराजित भएपछि वेल्स ६४ वर्षपछि कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह बी मा रहेको वेल्स तालिकाको पुछारमा रहेर कतार विश्वकप २०२२ को यात्रा टुङ्ग्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP