मंगलबार , बैसाख १६, २०८२

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो ।

नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलब १०, एनसिसी बैंक पाँच दशमलब शुन्य पाँच, एनआइसी एशिया बैंक चार दशमलब १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलब शून्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलब शून्य दुई प्रतिशतले कमाएका छन् ।

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलब ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलब ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP