आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । आज (मंगलबार) च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाएका छन् । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै ओलीले आलोचना गरेका हुन् । उनले सुकुम्बासी बस्तीमा तमासा भएको बताए । ‘तपाईंहरुले हिजो देखिहाल्नु भयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नु भयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गथ्र्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, उन्मात्तले समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP