आइतबार , भाद्र १४, २०८३

काठमाडौं । यहि मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नव गठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएको छ । जनता समाजवादी पार्टी नेपालले ३ लाख ४३ हजार ९६३ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६२ हजार ७५७ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP