मंगलबार , बैसाख १६, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन डोजर लगेपछिपछि काठमाडौँको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाडौँ महानगरपालिकाले पनि साथ दिएको छ । आज सोमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । बस्ती हटाउन डोजर छिरेपछि झडप भएको हो ।

झडपका कारण त्यस क्षेत्र युद्ध मैदान जस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुम्बासी प्रतिकारको तयारीमा बसेका थिए । सुकुम्बासीको प्रतिकारपछि महानगरका डोजर अघि बढ्न सकेका छैनन् । महानगरपालिकाका प्रहरी समेत पछि हटेका छन् । अहिले नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन लगेको हो । त्यसक्रममा स्थानीयको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP