आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन डोजर लगेपछिपछि काठमाडौँको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाडौँ महानगरपालिकाले पनि साथ दिएको छ । आज सोमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । बस्ती हटाउन डोजर छिरेपछि झडप भएको हो ।

झडपका कारण त्यस क्षेत्र युद्ध मैदान जस्तो भएको छ । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुम्बासी प्रतिकारको तयारीमा बसेका थिए । सुकुम्बासीको प्रतिकारपछि महानगरका डोजर अघि बढ्न सकेका छैनन् । महानगरपालिकाका प्रहरी समेत पछि हटेका छन् । अहिले नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन लगेको हो । त्यसक्रममा स्थानीयको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीका एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।
एसपी पाण्डे समेत घाइते भएका छन् । ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेको छ । सो क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP