मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । चीनमा नेतृत्वविरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शन शुरु भएको हो ।

साङ्घाई शहरमा सयौं मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्वविरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेको बीबीसीले जनाएको छ ।

पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन शुरु भएको हो । प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP