शनिबार , असार १३, २०८३

काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्तत्र पार्टीले नेकपा माओवादी केन्द्रलाई फेरि उछिनेको छ । जारी मतगणनाअनुसार सो पार्टीले सोमबार बिहानसम्म तेस्रो स्थानमा रहेको पार्टीले १० लाख ५९ हजार ७६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले १० लाख ५१ हजार १४३ मत ल्याएको छ ।

हालसम्म ९२ लाख २७ हजार ५४ मत गनिसकिएको छ । सोही समयमा एमालेले २५ लाख १६ हजार ५९२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २३ लाख ८५ हजार १०३ मतसहित दोस्रो स्थान बनाएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार १४८ मत ल्याएर पाँचौ पार्टी बनेको छ ।

समानुपातिकतर्फ नै जसपाले ३ लाख १७ हजार ४४ मत ल्याएर छैठौं स्थानमा रहेको छ भने सातौंमा नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP