सोमबार , अषोज २६, २०८३

सिन्धुली। नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस यो संसद्को कार्यकालभर सरकारमा नजाने बताएका छन्। कांग्रेस तीनपाटन गतिद्वारा आयोजित आमसभामा नेता थापाले यो संसदको कार्यकालभर कांग्रेसलाई जनताले सरकारमा बस्ने म्यान्डेट नदिएको बताए। कांग्रेसले आउने चुनावबाट नयाँ जनमत प्राप्त गरेर सरकार बनाउने उनको भनाई छ।

‘हामी सरकारमा जाने हो तर अहिले होइन, अब आउने चुनावमा सानका साथ जाने हो। कम्युनिस्ट सरकारले छोडेको भाग मात्र होइन आफैँले निर्माण गरेर हो। तपाइहरू नअलमलिनुस् देश निर्वाचनमा गयो। हामीले पहिले नै भनेका हौँ, प्रधानमन्त्रीले पुस ५ गते सदन विघटन गरेसँगै देश निर्वाचनमा गयो तर अदालतले प्रधानमन्त्रीकै सिफारिसलाई सदर गरेको भए न संसद् रहन्थ्यो न त चुनाव हुन्थ्यो तर अब चुनाव हुन्छ। अब संविधानको ट्र्याकबाट चुनावमा जान्छ, विधिले जान्छ,’ नेता थापाले भने।

वर्तमान सरकार र सत्तारुढ दलले चाँडो देशलाई निकास दिनुपर्ने उनले बताए। सत्तारुढ दलको आन्तरिक विवादका कारण देशलाई बन्धक बनाउने नमिल्ने नेता थापाले बताए। उनले कम्युनिस्टसँग सरकार चलाउने क्षमता नरहेको समेत बताए। सर्वोच्च अदालतको आदेशपछि देशको अवस्था फेरिए पनि कम्युनिस्टको तमासा भने नफेरिएको उनको भनाइ थियो।‘

एकथरि कम्युनिस्टले बढी लड्डु खाएर पखाला लागेको छ अर्काथरिलाई लड्डु खान पाएनौं भन्ने चिन्ता छ,’ थापाले भने, ‘एकथरि उत्ताउलो छ अर्कोथरि आत्तिएको छ। तर कांग्रेसलाई उत्ताउलो हुने र आत्तिने सुविधा छैन।’ केपी ओली सरकारले देशको गाडीलाई मोडबाट खसालिदिएको र सर्वोच्चले त्यसलाई रोडमा ल्याउने काम गरे पनि अझै धेरै मोड भएको सडक रहेको उनले बताए।

‘मोड धेरै छन्, त्यस्तो सडकमा गाडी हाँक्ने चालक सनकी छन्,’ उनले भने। सर्वोच्च अदालतले देशलाई न्याय दिएको भन्दै न्यायाधीश र पूर्वन्यायाधीशलाई सम्मान गर्ने बताए। अहिलेको अवस्थामा नेपालको कम्युनिस्ट पार्टी छ भन्ने अवस्था जनतालाई नभएको बताए। जनतालाई झुट आश्वासन दिएर सरकारमा पाँच वर्षको लागि गएको पार्टीले जनताको कुनै काम गर्न नसकेको धारणा उनले राखे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP