आइतबार , भाद्र १४, २०८३

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार १.६८ प्रतिशतले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६९ कम्पनीको शेयर कारोबार वृद्धि हुँदा २० कम्पनीको मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी शेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । आज यस कम्पनीको ४५ करोड चार लाख बराबरको शेयर कारोबार भएको छ । दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको शेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ । यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले कारोबार वृद्धि भएसँगै शेयर बजारमा हरियाली छाएको छ ।

#

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP