मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत गए राति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ ।
जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औं र ८६ औं मिनेटमा गोल गरे । ६८ औं मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

विश्व कप फुटबल अन्तर्गत हिजै भएको दोस्रो खेलमा पोल्यान्डले साउदी अरेबियालाई हराएको छ । पोल्यान्डले साउदी अरेबियालाई २–० गोलले हराएको हो ।

यस्तै, कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले हराएको छ भने हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP