शनिबार , बैसाख ६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएको बैशाखको निर्वाचनलाई लक्षीत ओली सरकारको शिलान्याश र उदघाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले निरन्तरता दिएका छन् । देशैभरका उदघाटन हुन बाँकी योजनाहरुको उदघाटन र भावी योजनामा परेका कार्यक्रमहरुको शिलान्याश गर्ने अभियानकासाथ ओली सरकारले सुरु गरेको चुनावी दौडाहाका केहि कार्यक्रम स्थगित भएपनि आजबाट प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेर उदघाटन र शिलान्यास दौडाहालाई निरन्तरता दिन थालेका हुन् ।

सर्वोच्चको फैसला पछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास रोकिएको थियो । अर्थमन्त्री विष्णु पाैडेलले फागुन १३ गते शिलान्यास गर्ने तय भएको कार्यक्रम अचानक रोकिएको थियो ।

प्रधानमन्त्रीले आज गृह जिल्ला झापा पुगेर औद्योगिक क्षेत्र शिलान्यास लगायतका कार्यक्रममा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्रीले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिएको एउटा औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास भएपनि फागुन १३ गतेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम भने स्थगित भएको थियो । त्यसैगरि १४ गतेको मकवानपुरको औद्योगिक क्षेत्र शिलान्यास पनि रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP