मंगलबार , अषोज २७, २०८३

काठमाडौं । सर्वोच्च अदालतले बदर गरिदिएको बैशाखको निर्वाचनलाई लक्षीत ओली सरकारको शिलान्याश र उदघाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले निरन्तरता दिएका छन् । देशैभरका उदघाटन हुन बाँकी योजनाहरुको उदघाटन र भावी योजनामा परेका कार्यक्रमहरुको शिलान्याश गर्ने अभियानकासाथ ओली सरकारले सुरु गरेको चुनावी दौडाहाका केहि कार्यक्रम स्थगित भएपनि आजबाट प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेर उदघाटन र शिलान्यास दौडाहालाई निरन्तरता दिन थालेका हुन् ।

सर्वोच्चको फैसला पछि रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास रोकिएको थियो । अर्थमन्त्री विष्णु पाैडेलले फागुन १३ गते शिलान्यास गर्ने तय भएको कार्यक्रम अचानक रोकिएको थियो ।

प्रधानमन्त्रीले आज गृह जिल्ला झापा पुगेर औद्योगिक क्षेत्र शिलान्यास लगायतका कार्यक्रममा सहभागीता जनाउने छन् ।

प्रधानमन्त्रीले झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिएको एउटा औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् । उक्त औद्योगिक क्षेत्रलाई ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास भएपनि फागुन १३ गतेको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम भने स्थगित भएको थियो । त्यसैगरि १४ गतेको मकवानपुरको औद्योगिक क्षेत्र शिलान्यास पनि रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP