शनिबार , असार १३, २०८३

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मत परिणामले सरकार गठन सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताएका छन् ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने बताएका छन् । जटिल अवस्थामा आफूहरूको भूमिका थप महत्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताएका छन् । कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उनले आरोप लगाए । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताएका छन् । झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP