बुधबार , असार ४, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मत परिणामले सरकार गठन सहज रुपमा सरकार गठन हुने अवस्था नदेखिएको बताएका छन् ।

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित अध्यक्ष ओलीले आफ्ना निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने बताएका छन् । जटिल अवस्थामा आफूहरूको भूमिका थप महत्वपूर्ण हुने भएकाले त्यो भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

ओलीले देशको अन्य क्षेत्रभन्दा झापामा आएको निर्वाचन परिणामले आफू धेरै उत्साहित भएको बताएका छन् । कतिपय ठाउँमा धाँधली र सत्ताको दुरुपयोग भएको उनले आरोप लगाए । यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनले बताएका छन् । झापामा प्रतिनिधि सभामा ५ वटा क्षेत्रमध्ये ३ वटा क्षेत्रमा एमाले, १ वटामा कांग्रेस र १ वटामा राप्रपाले जित निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP