शनिबार , असार १३, २०८३

भैरहवा । रुपन्देही–३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाँणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा ‘क्लिन स्विप’ भएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाँण ३४ हजार ३६ मत ल्याए भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बनेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए । ३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाँणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उनी पछाडि पर्दै गइरहेका थिए । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बनेका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराएका हुन् ।

यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी भएका छन् । तीन दलीय तालमेलबाट उम्मेदवार बनेका चौधरी दुई सय एक मतान्तरले विजयी बनेका हुन । उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहेका थिए, ढकालले १६ हजार एक सय ९३ मत ल्याए । खसेको ४९ हजार पाँच सय तीन मतमध्ये दुई हजार १ सय ५२ मत बदर भएको थियो ।

१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP