शनिबार , असार १३, २०८३

काठमाडौँ । यहि मंसिर ४ मा सम्पन्न निर्वाचनको मतगणना धमाधम भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणनाको परिणाम सँगसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतपरिणाम अद्यावधिक गर्दै आएको छ ।

निर्वाचन आयोगले आज (शनिबार) बिहान आफ्नो वेवसाइटमा अद्यावधिक गरेको मतपरिणाम अनुसार सूर्य चिन्हवाहक नेकपा एमाले सबैभन्दा अगाडि छ । उसले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । एमालेलाई रुख चिन्हवाहक नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको तथ्यांक आयोगले अद्यावधिक गरेको छ । घण्टी चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ४५ हजार ५६१ मतसहित तेस्रो स्थानमा छ ।

हँसिया हथौडा चिन्हसहित चुनावी मैदानमा उत्रिएको नेकपा माओवादी केन्द्र ७ लाख १९ हजार ३७२ मत पाएको छ ।
यस्तै हलो चुनाव चिन्ह लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा ३ लाख ७८ हजार २३३ मत ल्याएको छ । आयोगका अनुसार छाता चुनाव चिन्ह भएको जनता समाजवादी पार्टी (जसपा) २ लाख ४ हजार ७२४ मतले छैटौं स्थानमा हुँदा नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ मत पाएको छ ।

कैलालीको पूर्व क्षेत्रका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कब्जा जमाएको ढकिया चिन्ह भएको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ झण्डै १ लाख ३३ हजार ५०४ मत प्राप्त गरेको छ । मधेस केन्द्रीय राजनीति गरिरहेको हर्न चुनाव चिन्ह भएको जनमत पार्टीले १ लाख ३१ हजार ७४१ मत प्राप्त गरेको छ । यसबाहेक अन्य दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फ एक लाख मत कटाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP