बुधबार , असार ४, २०८२

बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज (शनिबार) हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया यहाँ रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले अहिले बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुने जानकारी दिए । यो केन्द्रमा ९९९ जना मतादाता रहेको पनि उनले बताए । राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

‘यहाँ विवाद भएको भन्दै उजुरी परेका छन् । यी उजुरी र यहाँको विवादको विषय बुझ्न आयोगको टोली यतै छ’, उनले भने, ‘आयोगले अध्ययन गरेपछि निर्णय गर्छ र हामी कसरी अघि बढ्ने निर्णय गर्छौ ।’ उनका अनुसार मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछि मात्र मतगणना प्रक्रिया अघि बढाइने छ । अयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ ।

यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP