आइतबार , भाद्र १४, २०८३

बाजुरा । बाजुराको बुढीनन्दा–५ मा रोकिएको निर्वाचन आज (शनिबार) हुँदैछ । मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान प्रक्रिया यहाँ रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले अहिले बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुने जानकारी दिए । यो केन्द्रमा ९९९ जना मतादाता रहेको पनि उनले बताए । राजनीतिक दलहरुले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी गरेका छन् । यी उजुरीको विषयमा पनि निर्णय भइनसकेको उनले जानकारी दिए ।

‘यहाँ विवाद भएको भन्दै उजुरी परेका छन् । यी उजुरी र यहाँको विवादको विषय बुझ्न आयोगको टोली यतै छ’, उनले भने, ‘आयोगले अध्ययन गरेपछि निर्णय गर्छ र हामी कसरी अघि बढ्ने निर्णय गर्छौ ।’ उनका अनुसार मतदान सकिएपछि मतपेटिका भण्डारण गरिने र आयोगको निर्णय पछि मात्र मतगणना प्रक्रिया अघि बढाइने छ । अयोगले सहसचिवको तुलसीबहादुर श्रेष्ठको नेतृत्वमा टोली गठन गरेको छ ।

यहाँ, त्रिवेणी नगरपालिकामा मतदानको क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक र दोहोरो भीडन्तमा एक गरी दुई जनाको मृत्यु भएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP