आइतबार , भाद्र १४, २०८३

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ का हिमाली भूभागका एक–दुई स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने ठानिएको छ । आइतबार प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराई भूभागमा हुस्सु कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने आकलन महाशाखाले गरेको छ । चिसोबाट बच्न सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP