सोमबार , भाद्र १५, २०८३

लमजुङ । गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍यो ।

२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’क ो सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्ने गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यस पटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । ‘चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन’, एमाले उपमहासचिव गुरूङले भने ।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे । देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताको प्रयास गर्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP