सोमबार , भाद्र १५, २०८३

गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झण्डै ७ हजार मतले पराजित भएका थिए ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् । निर्वाचन कार्यालयले भने मत परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन् ।

उनले लेखेका छन्, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP