मंगलबार , असार ३, २०८२

रूकुम पश्चिम । नेकपा माओवादी केन्द्रले रूकुम पश्चिममा प्रतिस्पर्धी दललाई ‘क्लिन स्वीप’ गरेको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रुकुम पश्चिममा माओवादी प्रतिनिधिसभा र दुबै प्रदेशसभामा विजयी भएको छ ।

माओवादीले प्रतिनिधिसभातर्फ अर्थमन्त्री जनार्दन शर्मालाई उम्मेदवार बनाएको थियो । उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएका छन् ।

यस्तै माओवादीले प्रदेशसभा १ मा महेन्द्र केसी र २ मा राजकुमार शर्मालाई उम्मेदवार बनाएको थियो । उनीहरुले क्रमशः एमाले उम्मेदवार नारायणकुमार शाह र कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् ।

प्रदेशसभा १ मा केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन् । प्रदेशसभा २ मा विजयी शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP