शनिबार , असार १३, २०८३

रूकुम पश्चिम । नेकपा माओवादी केन्द्रले रूकुम पश्चिममा प्रतिस्पर्धी दललाई ‘क्लिन स्वीप’ गरेको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रुकुम पश्चिममा माओवादी प्रतिनिधिसभा र दुबै प्रदेशसभामा विजयी भएको छ ।

माओवादीले प्रतिनिधिसभातर्फ अर्थमन्त्री जनार्दन शर्मालाई उम्मेदवार बनाएको थियो । उनी ३९ हजार ५४९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएका छन् ।

यस्तै माओवादीले प्रदेशसभा १ मा महेन्द्र केसी र २ मा राजकुमार शर्मालाई उम्मेदवार बनाएको थियो । उनीहरुले क्रमशः एमाले उम्मेदवार नारायणकुमार शाह र कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् ।

प्रदेशसभा १ मा केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी शाहले ८ हजार ८१ मत ल्याएका छन् । प्रदेशसभा २ मा विजयी शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी घर्तीले ८ हजार ७८ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP