शनिबार , असार १३, २०८३

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका १५ जनालाई सार्वजनिक गरेको हो ।

कार्तिक २८ गते काठमाडौं महानगरपालिका– ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनीहरुलाई प्रहरीले कार्तिक ३० गते दोलखा र उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २४ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही र २७ वर्षीय पञ्चबहादुर सिंह रहेका छन् ।

त्यस्तै सुर्खेतकी १९ वर्षीया कविता बुढा र २१ वर्षीय दीपिका मल्ल शाही तथा रामेछापका २४ वर्षीय सुर्वण मगर रहेका वरिष्ठ प्रहरी उपरिक्षक बोहराले जानकारी दिए । उनीहरुको साथबाट ‘तौल ३८.५ तोला’ लेखिएको सुनको गिलास एक थान, सुनको तिलहरी एक थान, सुनको नौगेडी २ थान, हिराजस्तो देखिने विभिन्न धातु जडित हार ३ थान, वारदातमा प्रयोग भएको हतौडा १ थान, चक्कु २ थान र २ लाख १३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरिएको उनले बताए ।

त्यसैगरी, काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित एक सुन पसलबाट सुनका गहना लुटी भाग्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कार्तिक २९ गते गहना लुटी भाग्ने व्यक्तिहरुलाई प्रहरीले मंसिर ७ गते पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनकुटाका २६ वर्षीय सुमन राई र २८ वर्षिय देविराज राई, धादिङका ३० वर्षिय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर बि.क. र ३८ वर्षीया मनिला तामाङ रहेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बारदातमा देखाइएको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन १ थान, ७.६२ एमएम लेखिएको ४ राउन्ड गोली, गालेको सुन २६ ग्राम, दुई मोटरसाइकल, जर्सी र ज्याकेटसहितको १ जोर प्रहरी पोशाक, फेनारगन, डाइजेपाम र नुफिन गरी जम्मा ५९१ एम्पुल लागुऔषध बरामद गरिएको वरिष्ठ प्रहरी उपरिक्षक बोहराले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP