मंगलबार , बैसाख २९, २०८३

नेपालले विद्युतमा लगानी गर्ने विषयमा चीनसँग सम्झौता गर्ने तयारी गरिरहेको बेला भारतले गरेको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको छ । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजनाबाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने कार्यविधि पारित गरेको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हिजो स्वीकृत गरेको सिमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधिमा चीनको नाम त उल्लेख गरिएको छैन तर त्यसमा भनिएको छ, ‘जुन देशसँग भारतले विद्युत सम्बन्धी कुनै दुई पक्षीय सम्झौता गरेको छैन र त्यो देशको लगानीबाट उत्पादित विद्युत खरिद गरिने छैन ।

यसरी हेर्दा भारत र चीनबीच विद्युत सम्बन्धी कुनै दुई पक्षीय सम्झौता भएको देखिँदैन । तर नेपालमा चीनको लगानीबाट थुप्रै जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् र अरु सम्झौता हुने तयारीमा रहेका छन् । नेपालले चिनियाँ लगानीमा लगभग आठ सय मेगावाटको विभिन्न जल विद्युत आयोजना निर्माणको सम्झौता गर्न लागेको छ । त्यसमध्ये केही मेगावाटका लागि सम्झौताका लागि नेपाल विद्युत प्राधिकरण तयार भएर बसेको छ । तर राजनीतिक अवस्थाका कारण सो सम्झौतामा ढिलाई भइरहेको बताइएको छ ।

भारतले चार वर्ष पहिले जारी गरेको सिमापार विद्युत् व्यापार निर्देशिकामा तेस्रो मुलुकले लगानी गरेको बिजुलीलाई खरिद नगर्ने उल्लेख गरेको थियो । भारतको लगानीबाट उत्पादित विजुली मात्र खरिद गर्ने भनेको थियो । तर नेपालले त्यसको विरोध गरेपछि त्यसलाई सच्याएको थियो । अहिले फेरि भारतले बनाएको कार्यविधिमा ‘भारतसँग विद्युतमा दुई पक्षीय सम्झौता नभएको देशले गरेको लगानीबाट उत्पादित विद्युत खरिद नगर्ने’ उल्लेख गरेको हो । यस कार्यविधिका आधारमा चीनले नेपालको विद्युतमा गरेको लगानीबाट उत्पादित विजुली भारतले खरिद गर्ने छैन ।

यद्यपी नेपालले आफ्नो लगानीमा वा भारतसँग सम्झौता भएको कुनै अरु देशको लगानीबाट उत्पादित विद्युत खरिद गर्ने बाटो खुल्ला गरेको छ । नेपालमा बढी भएको विजुली बाहिर देशलाई बेच्ने नेपाल सरकारले नीति बनाएको छ । विजुली बेच्ने नेपालका लागि सबभन्दा महत्वपूर्ण बजार भारत रहेको छ ।

https://drive.google.com/file/d/1d7qBh1Mq7zZuvbWnY_4VEEYbW1pUkluI/view

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP