बुधबार , बैसाख १७, २०८२

काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्याङ्क पनि सार्वजनिक गरिरहेको छ ।

आज (बिहीबार) बिहान ७ः२३ सम्मको परिणामअनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्म नेकपा एमालेले ४ लाख ७० हजार ३५२ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएको छ । दोस्रोमा नेपाली कांग्रेसले ४ लाख ३३ हजार ५२८ मत ल्याएको छ भने २ लाख ४२ हजार ८५० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

यस्तै चौथो स्थानमा रहँदै नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ लाख २ हजार ५५ समानुपातिक मत ल्याएको छ । यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २७ हजार ४५६ मतका साथ पाँचौं स्थानमा छ ।
हेर्नुस् अरु दलको समानुपातिक मत

जनता समाजवादी पार्टी, नेपाल
५८,४६८
नेपाल मजदुर किसान पार्टी
४४,९४०

नागरिक उन्मुक्ति पार्टी
३२,२६४

जनमत पार्टी
३०,०४९
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
२९,१७८

अन्य
१०,२३२२

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP