बुधबार , बैसाख १७, २०८२

बुटवल । अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो । प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् ।

नेता रायमाझीले पूर्व उपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई पराजित गरेका हुन् । रायमाझीले ४८ हजार १७२ मत ल्याउँदा भुसालले ४६ हजार ४४२ मत ल्याएकी छन् । रायमाझीले १७ सय ३० मतान्तरले जित हात पारेका छन् ।

रायमाझी ०६४ सालदेखि लगातार यहाँबाट जित्दै आएका छन् । प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी भएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरेका हुन् । आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP