मंगलबार , असार ३, २०८२

काठमाडौ । जारी मतगणनामा हालसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउने पार्टी नेकपा एमाले रहेको छ ।
९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एमालेले २ लाख ५२ हजार ५ सय ३४ मत ल्याएर सबैभन्दा अगाडि रहेको छ । जुन हालसम्म गणनाको २७ प्रतिशत हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले अहिलेसम्म १ लाख २९ हजार १ सय ६४ मत पाएको छ । जुन २५द प्रतिशत हुन आउँछ । यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म १ लाख १९ हजार ८ सय ८९ मत पाएको छ । यो मत हालसम्म गणनाको १३ प्रतिशत हुन आउँछ ।

चौँथो नम्बरमा नेकपा माओवादी केन्द्र परेको छ । माओवादी केन्द्रले १ लाख ५ हजार ८५ मत पाएको छ । जुन ११.६० प्रतिशत हुन्छ । माओवादी भन्दा पछाडि पाँचौ नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।

राप्रपाले हालसम्म ६.८३ प्रतिशत अर्थात ६१ हजार ९ सय ५१ मत पाएको छ । यस्तै, छैठौं नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ । नेमकिपाले २० हजार ५० मत पाएको छ । जुन हालसम्म गणना भएको मतको २.२१ प्रतिशत हो । सातौं नम्बरमा रहेको जनता समाजवादी पार्टीले १९ हजार ५ सय ८६ मत पाएको छ ।

जनमत पार्टीले १७ हजार ९ सय ५९ मत पाउँदै आठौं नम्बरमा परेको छ । माधव नेपालको एकीकृत समाजवादी पार्टी नवौँ नम्बर रहेको छ । यो पार्टीले १४ हजार ३ सय ७३ मत पाएको छ । यो हालसम्म गणना भएको मतको १.३९ प्रतिशत हो । यस्तै अन्यले ५.८ प्रतिशत अर्थात ५२ हजार ५ सय ३७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP