मंगलबार , बैसाख २९, २०८३

काठमाडौ । जारी मतगणनामा हालसम्म समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउने पार्टी नेकपा एमाले रहेको छ ।
९ लाख ५ हजार ७ सय ५५ मत गणना हुँदा एमालेले २ लाख ५२ हजार ५ सय ३४ मत ल्याएर सबैभन्दा अगाडि रहेको छ । जुन हालसम्म गणनाको २७ प्रतिशत हो ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले अहिलेसम्म १ लाख २९ हजार १ सय ६४ मत पाएको छ । जुन २५द प्रतिशत हुन आउँछ । यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म १ लाख १९ हजार ८ सय ८९ मत पाएको छ । यो मत हालसम्म गणनाको १३ प्रतिशत हुन आउँछ ।

चौँथो नम्बरमा नेकपा माओवादी केन्द्र परेको छ । माओवादी केन्द्रले १ लाख ५ हजार ८५ मत पाएको छ । जुन ११.६० प्रतिशत हुन्छ । माओवादी भन्दा पछाडि पाँचौ नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ ।

राप्रपाले हालसम्म ६.८३ प्रतिशत अर्थात ६१ हजार ९ सय ५१ मत पाएको छ । यस्तै, छैठौं नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ । नेमकिपाले २० हजार ५० मत पाएको छ । जुन हालसम्म गणना भएको मतको २.२१ प्रतिशत हो । सातौं नम्बरमा रहेको जनता समाजवादी पार्टीले १९ हजार ५ सय ८६ मत पाएको छ ।

जनमत पार्टीले १७ हजार ९ सय ५९ मत पाउँदै आठौं नम्बरमा परेको छ । माधव नेपालको एकीकृत समाजवादी पार्टी नवौँ नम्बर रहेको छ । यो पार्टीले १४ हजार ३ सय ७३ मत पाएको छ । यो हालसम्म गणना भएको मतको १.३९ प्रतिशत हो । यस्तै अन्यले ५.८ प्रतिशत अर्थात ५२ हजार ५ सय ३७ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP