सोमबार , अषोज २६, २०८३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव भएको बताएका छन्। शनिबार राजधानीमा शिक्षकहरूको भेलामा प्रचण्डले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताए।

‘फेरि केपी ओलीसँग समहति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रुपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन,’ उनले भने, ‘यो विचारको विषय हो। र, यो विधि, पद्धतिको विषय हो। विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन।’

हिजो पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा सहमति भएको प्रचण्डले बताए। ‘विचार भावना सबै एकै ठाउँमा रहँदारहँदै किन दुई पार्टी बन्नुपरो भनी मैले नै एकता प्रस्ताव राखेको हो। अनुहार हेरेर एकता भएको हैन,’ उनले भने, ‘शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धानबाट जाने भनेर एकता भएको हो।’ उनले बहुमतको निर्णयअनुसार व्यक्ति संगठनको मातहत हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसँग सहमति गरिएको पनि बताए।

‘हामीले एमालेको इतिहासको पनि गौरबशाली भूमिका भनेर हामीले मानेका छौं। उच्च मूल्यांकन गरेका छौं। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन एमालेको भूमिका छ,’ उनले भने, ‘केपीले र मैले नै हस्ताक्षर गरेका हौं। राजनीतिक प्रतिवेदन र विधान पारित गर्‍यौं। त्यसको आधारमा भएको एकता हो। लिडरसिपको पनि कुरा थियो, आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री पनि भन्ने पनि थियो।’

प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने तत्कालीन एमालेबाट पहिलो नेता केपी भएको दाबी समेत गरे। यस्तै, ओलीले आफूहरुलाई एमाले र अर्को पक्षलाई माओवादी भनेर भ्रम सिर्जना गर्न खोजेको उनको आरोप छ। ‘यसको राजनीतिक प्रमाण हामीसँग छ, सहमति लागू नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागू नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै,’ प्रचण्डले भने।

उनले पार्टी एकता भएको एक महिनामै केपी ओली बेइमान रहेछन् भन्ने कुरा आफूले बुझेको बताए। आफूसँग मिलेर माधव नेपाल समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि आफूलाई पनि ‘कच्याककुचुक’ पार्ने ओलीको योजना आफूले पार्टी एकता भएको एक महिना पनि नहुँदै थाहा पाएको प्रचण्डले बताए।

‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन,’ प्रचण्डले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ।’

केपी ओली छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको उनले बताए। विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने भन्दै प्रचण्डले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको बताए। उनले भने, ‘केपी ओली हाम्रो वर्गमा रहेनन्।’ पार्टीभित्रैबाट वर्ग उत्थान भएका व्यक्ति पनि विपरीत ध्रुवका एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिइरहेको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP