मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २६८ जना पुगेको छ । १५१ जना हराइरहेका छन् ।

राजधानी जकार्ताबाट झण्डै ७५ किलोमिटर दक्षिणपूर्वमा रहेको सियानजुर सहर नजिक केन्द्र बिन्दु बनाएर हिजो ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी एक हजार भन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

केही घाइतेको उपचारको क्रममा ज्यान गएको हो । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् । भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ हजार घरमा क्षति पुगेको र कम्तीमा ५८ हजार मानिस विस्थापित भएका इन्डोनेसिया सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP