मंगलबार , बैसाख २९, २०८३

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनको निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाँणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेको क्षेत्र कांग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेका छन् ।

यसैगरी सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकोमा खाणको पक्षमा १९४१ र हलोलाई १४३६ मत प्राप्त भएको थियो ।

यता तिलत्तोमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलोमा १९३४ मत आएको छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलोमा २२८६ मत प्राप्त भएको छ ।

यसरी अहिले दिउँसो ४ बजे सम्मको मतगणना सकिँदा बोहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । योबीचमा एक हजार १४ मत बदर भएको छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ । यता, गृहमन्त्री समेत रहेका खाँणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमोलगायतले समर्थन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP