शनिबार , असार १३, २०८३

काठमाडौँ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये चार वटाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत, काठमाडौँ १, मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जीत हात पारेको हो । एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार काठमाडौँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् ।

सिंहले ७ हजार १४३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका छन् । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी भएका हुन् ।

यस्तै हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याए भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएका छन् । यसैगरी मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका हुन् । मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजीव गुरुङको मात्रै उम्मेदवारी परेको थियो । मुस्ताङमा नेपाली कांग्रेसले क्लिन स्विप गरेको छ ।

प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको मुस्ताङका सबै सीटमा कांग्रेसले जीत हासिल गरेको हो । प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । यस्तै मुस्ताङको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका नाम्डु गुरुङ र प्रदेशसभा ‘ख’ मा कांग्रेसकै विकल शेरचन विजयी बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP